|

रौतहट : भारतले सीमा क्षेत्रमा लगाएको बाँध (ड्याम) ले रौतहटको गौर तथा आसपास क्षेत्र पूरै डुबानमा परेको छ। अहिले गौरको अधिकांश घर एक तला डुबानमा परिसकेका छन्।

भारतले दशगजा क्षेत्रमा बनाएको बाँधले सीमा क्षेत्रका बासिन्दा अत्यधिक जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। गौरस्थित सम्पूर्ण सरकारी कार्यालय पनि डुबानमा परेका छन्। बाढीले एक तल्ला डुबाउन लागिसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख कविता कार्कीले जानकारी दिइन्।

‘बाढीले करिब १ तल्ला डुबाइ सकेको छ हामी जोखिममा छौँ,’ उनले भनिन्। जिल्लाको बागमती नदी र बकैया नदीबाट बाँध फुटाएर पसेको बाढी भारतले बाँधेको बाँधमा जमेको छ। भारतले मनोमानी ढंगबाट सीमा नाकामा बाँध बनाएपछि पानी फेरि बस्तीतर्फ फर्किएको छ। भारतीय पक्षले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द भएको छ। पानीको निकास नहुँदा यहाँका जनता त्रासमा छन्। 

यसैगरी बाढीले बकैया नदीको हर्साहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा छन्। यस्तै  अर्को बागमती नदीको बाँध भत्काएर गढीमाई लक्ष्मीपुर, मत्सरी, गढो, बडहर्वा, वसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.