|

काठमाडौं :  आउँदो भाद्र ६ गतेलाई रिलिज डेट तय गरेको फिल्म ‘हजार जुनीसम्म’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ’आज नगद भोलि उधारो’ गीतमा पछिल्लो समयई चर्चित निर्देशक दीपाश्री निरौला फिचर्डमा छिन्। गीतमा दीपासंगै आर्यन सिग्देललाई देख्न पाइनेछ। आर्यन र दीपाको नृत्य रहेकोगीतमा शिवहरि पौडेल पनि छन्।

गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अखिलेस प्रधान, कलाकार राम चन्द्र अधिकारी, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्। ‘आज नगद भोली उधारो’ बोलको गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ।

नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

भिडियो
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.