समाज

प्रदेश-१ : बाढीपहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो, चारजना बेपत्ता, दुई घाइते
SHARES

असार २८, २०७६

    विपराटनगर : पाँच दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश एकमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढीपहिरोमा परी अझै ४ जना बेपत्ता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

    मृत्यु हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका ७ का ६६ वर्षीया जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका ९ का १४ वर्षीय जनक बि.क., ओखलढुंङगा २७ गते चिसुङखुगडी गाउ“पालिका ४ की ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली १ की ५० वर्षीया अञ्चला लावतीको मृत्यु भएको हो । 

    खोटाङको खोटेहाङ गााउ“पालिका २ मा आमासँगै बेपत्ता उनका दुई छोरा पनि मृत अवस्थामा फेला परेका छन् । २८ वर्षिया रेखा राई र उनका ४ वर्षिय छोरा रमन राई र ६ महिना छोरा रोहन राईको पहिरोले पुरिएर मृत्यु भएको हो।

    त्यस्तै झापाकोे दमक १० स्थित ६ वर्षीया एलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ । उदयपुर घर भई सुनसरीको इटहरी ५ बस्ने ३५ वर्षीय  सागर थापाको पनि खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

    त्यस्तै पाँचथर २७ गते मिक्लाजुङ गाउँपालिका ४ का ९ वर्षीय दिवन राई, झापा  भद्रपुर–९ का ४५ वर्षीय सफल हज्दा, सुनसरी २६ बराहाक्षेत्र १ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका २ मा अन्दाजी वर्ष २५÷३० को नामथर नखुलेको खोलाले बगाएर बेपत्ता भएका छन् । 

    त्यस्तै सुनसरीमा एक, खोटाङमा एक जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले जानकारी दिए । 

अर्जुन आचार्य

आचार्य थाहा खबरका मोरङ समाचारदाता हुन्। इमेल : jorarjun@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]