|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बाढी र डुबानमा परेका नागरिककको उद्दार तथा राहत वितरणको कार्यक्रममा जुट्न पार्टीका नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय ओली-प्रचण्डले भनेका छन्, ‘हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरूलाई पनि उद्दार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौँ।‘

बिहीबारदेखि अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा गरेर २१ जनाको मृत्यु भइसकेको छ। १० जना घाइते छन् भने १० जना बेपत्ता भएको गृहमन्त्रालयले जानकारी दिएको छ।

अध्यक्षद्वयले बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्। ‘दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने दिदी–बहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ’, अध्यक्षद्वयको विज्ञप्तिमा लेखिएको छ।

अध्यक्षद्वयले अगाडि लेखेका छन्, ‘पीडितहरूको उद्दार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै छ। हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरूलाई पनि उद्दार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौँ।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.