|

धेरै कुरा अपत्यारिला हुन्छन् तर पत्याउन विवस हुनु पर्छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल म्याड्रिडको सम्बन्ध जति तिक्ततापूर्ण छ। बार्सिलोनाको सम्बन्ध अर्को प्रत्यासी एथलेटिको म्याड्रिडसँग पनि त्यो भन्दा केहीमात्र कम होला। अझ स्पेनमा बार्सिलोना र रियल म्याड्रिडपछिको नामका रुपमा आएको अर्को नाम भनेको एथलेटिको म्याड्रिड हो।

एथलेटिकोलाई पछिल्लो समय जसले प्रतिष्पर्धामा ल्याए अझ च्याम्पियन्स लिग र ला लिगाको उपाधि दाबेदार नै बनाए उसको नाम हो एन्टोनी ग्रिजम्यान। तीनै फ्रेन्च स्टार केही समय अघि देखिको बार्सिलोनामा आउने हल्लालाई सत्य सावित गर्दै शुक्रबार बार्सिलोनामा आबद्ध भए। उनको बार्सिलोना आगमन धेरैमानेमा अर्थपूर्ण छ। किनकी बार्सिलोना नेमारलाई ल्याउन पनि उतिकै प्रयासरत छ। उसो भा किन एकपछि अर्को स्टारको रहर गरिरहेको छ बार्सिलोना? विश्व फुटबल जगत अहिले ग्रिजम्यानको ट्रान्सफरमा रुमलिएको छ।

स्पेनिस फुटबलमा त भुकम्प नै ल्याइदिएका छन् ग्रिजम्यानले। क्लबत चाँहैन थियो ग्रिजम्यानलाई बाहिर पठाउन तर खेलाडीको रहर र इच्छाका अगाडि क्लब घुँडा टेक्न बाध्य भयो। र उसले घोषणा गर्‍याे १२० मिलियन युरो रिलिज क्लज लिएर हामीले ग्रिजम्यानलाई बार्सिलोना पठाउँदै छौं । ग्रिजम्यानले सन् २०१८ को जुनमा एथ्लेटिकोसँग पाँच वर्षको नयाँ सम्झौता गरेका थिए, तर यो वर्षको मे मा उनले सिजन सकिएसँग क्लब छोड्ने घोषणा गरे।

ग्रिजम्यान अब विश्वका सर्वाधिक महँगा फुटबल खेलाडीको सूचीमा छैटौँ नम्बरमा परेका छन्। उनी नेइमार, केलियन एम्बाप्पे, फिलिप कोन्टिन्हो, जोएओ फेलिक्स र उसमान डेम्बेले भन्दा पछि छन्। क्लबले ग्रिजम्यानको रिलिज क्लब २०० मिलियन युरोबाट केही दिन अघि मात्रै १२० मिलियन युरोमा झारेको थियो। ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एथ्लेटिकोमा अनुबन्धित भएका थिए। उनले एथ्लेटिकोबाट २५६ खेलमा १३३ गोल गरेका छन्।

बार्सिलोनाले भने क्लबको जर्सीमा बनाइएको ग्रिजम्यानको तस्वीर अंकित एनिमेसन प्रयोग गर्दै आधिकारिक ट्विबटर अकाउन्टबाट ट्विट मार्फत आफ्ना समर्थकलाई उनको अनुबन्धनको जानकारी दियो। 

बार्सिलोनाले उनलाई भित्र्याउन १२ करोड पाउन्ड खर्चेर ५ वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। अब उनी नउ क्याम्पमा आफ्नो ओजस्वी पाइलाको प्रतीक्षामा छन्। जहाँ उनी आफूसँग रुष्ट बार्सिलोना समर्थकलाई आफ्नो प्रशंसक बनाउन मैदानको चक्कर लाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.