|

भद्रपुर, (झापा) : खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १० स्थित सानडाँडा बस्ने देवीप्रसाद चापागाईँका  ९ वर्षीय छोरा सौगात चापागाईँ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शिवसताक्षी ५ सालमारास्थित बनियानी खोलामा खेल्ने क्रममा उनलाई खोलाले बगाउँदा डुबेर मृत्यु भएको हो।  

बालक सौगात शनिबार बिदा भएकोले फुपूको घर घुम्न जाँदा खोलामा खेल्न गएको प्रहरीले जनाएको छ। बालकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.