|

ओखलढुंगा : ओखलढुंगामा अविरल वर्षापछि आएको बाढी र पहिरोले चारजनाको मृत्यु भएको छ। चार दिनदेखि परेको अविरल वर्षाको बाढी र पहिरोका कारण चारजनाको  मृत्यु भएको हो।
चिसंखुगढी गाउँपालिकाको स्थानीय लसुनेखोलाले बगाउँदा शुक्रबार एकजनाको मृत्यु भएको थियो भने शनिबार बिहान मोलुङ गाउँपालिका ७ पात्लेमा घरमा बसिरहेको अवस्थामा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ।

 जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका अनुसार चिसंखुगढी गाउँपालिका-४ नवलपुरका ८५ वर्षीय वृद्धा पासाङकुटी शेर्पाको शुक्रबार र शनिबार मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उनकी १२ वर्षिय याङ्जी शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। 
त्यस्तै मोलुङ खोलामा आएको बाढीले बगाएर गम्भीर घाइते भएका सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको स्थानीयले बताएका छन्। खोला तर्ने क्रममा बढीले बगाएका राईको स्थानीयवासीले उद्धार गरी  उपचार गर्न लैजाने क्रममा मृत्यु भएको बताइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.