|

डोल्पा : डोल्पामा निरन्तरको वर्षाका कारण अनाथ बालबालिका लागि बन्दै गरेको भवन भत्किएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरमा बन्दै गरेको दुइतले भवन भत्केको हो।

भवन भत्किदा माथिल्लो तलाको एक र तल्लो तलाको एक गरेर दुई कोठा पूर्णरूपमा क्षति भएको महिला सामुदायिक सेवा समाज तथा अनाथ बालबालिकाका संरक्षक केन्द्रका अध्यक्ष दिलमाया विष्टले बताइन्। अनाथ बालबालिकालाई पुनर्स्थापनका लागि बन्दै गरेको भवन भत्किँदा ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भवन निर्माणका लागि नगरपालिकाले चार लाख सहयोग गरेको थियो।

दिलमाया विष्ट र दिलबहादुर विष्ट दम्पतिले जिल्लाका विभिन्न विकट गाउँका एक दर्जन बेसहारा बालबालिकालाई केन्द्रका माध्यमबाट गासबास, शिक्षा, स्वास्थ लगायतको सम्पूर्ण व्यवस्थापन निजी रूपमा गर्दै आएका छन्। वर्षाले भवनमा क्षति पर्‍याएपछि यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थालाई सहयोग गर्न उनीहरूले अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.