|

बाँके : राप्ती नदीमा पानीको सतह चेतावनीको स्तरभन्दा माथि पुगेको छ। कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५.६९ मिटर पुगेको छ। कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगे खतरा र ५.४० मिटर पुगे चेतावनीको स्तर मानिन्छ। 

पानीको सतह चेतावनीको स्तरमा पुगेपछि राप्तीसोनारी, डुडुवा र नरैनापुरका झण्डै एक हजार घर डुवानमा पर्ने गर्दछन्। कुसुममा आएको बाढी डुडुवा गाउँपालिका १, होलिया आउन कम्तीमा पाँच घण्टा लाग्ने गरेको कुसुमस्थित बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाले जानकारी दिए।

चेतावनीको स्तरभन्दा माथि पानीको सतह आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग र सचेत गराइएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।उनले भने, ‘फोन सम्पर्क र साइरन बजाएर नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका छौँ।’ 

बाढीले क्षति पुर्‍याउने खतरा बढेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखेको उनले बताए। ‘धन, जनको क्षति हुन नदिन उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.