भोटखोला सँगको सम्बन्ध टुट्यो

|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा ६४ घर पहिरोको उच्च जोखिममा परेका छन्। तीन दिनभन्दा बढी लगातार परेको अविरल वर्षाले मकालु गाउँपालिका–३,४ र ५ का ६४ घर परिवार पहिरो उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिएकी छन्। 

पहिरोले मकालु वडा नम्बर ५ का ३० वडा नम्बर–४ का चार घर र ३ नम्बर वडाका ३० घर परिवार उच्च जोखिममा परेको कार्यवाहक अध्यक्ष राईले बताइन्। मकालुका पावाखोला,पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्ती का दर्जन बढी गाउँलाई पहिरोले चारै तिर बाट घेरेको छन् जति बेला पनि पहिरोले लग्ने अवस्थामा भएको राईको भनाइ छ।

कार्यवाहक अध्यक्ष राईले भनिन् पहिरोको उच्च जोमिममा परेका ५० घरभन्दा माथि तत्कालै सुरक्षित स्थानमा सार्नु पर्न भए पनि नसकिएको उनले बताइन्। उच्च जोखिममा भएका परिवारलाई सार्न सुरक्षित स्थान खोजी भइरहेको भए पनि ठूलो संख्या भएका गाउँपालिकाले मात्र अन्यत्र सार्न त्काल सम्भव नभइको उनको भनाइ छ। 

गत असार २ र ३ गते पहिरोले मकालु गाउँपालिका भित्रका अधिकांश गाउँलाई पहिरोले चिरा–चिरा बनाइ दिएको थियो। चारै तिर बाट पहिरोले तान्न लागेका मकालु–५का चार गाउँका २९ घर विस्थापीत भएका थिए भने दुई घर पहिरोले पुरोको थियो।

गाउँलाई चारै तिर बाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जान सक्ने खतरा भएको वडा नम्बर ५ का अध्यक्ष जापान गुरुङले बताए। पहिरोको उच्च जोखिम भएका कारण उनीहरु छिमेकी र आफन्तको शरणमा बसी रहेको अध्यक्ष गुरुङको भनाइ छ। 

पहिरोले भोटखोला सँगको सम्बन्ध टुट्यो 

पहिरोले एक महिना देखि भोटखोला सँगको सम्बन्ध टुटेको छ। असार २ गते बर्षा सँग आएको पहिराले खाँदबारी–किमाथांका खण्डको मकालु–५ र ३ नम्बर वडा जोड्ने सडक पहिरो खसेपछि यातायात सेवा समेत अवद्धध भएको उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख गौतम श्रेष्ठले जानकारी दिए।

 खाँदबारी–किमाथांका सडक खण्डको मकालु–३ नयाँ बस्तीमा काम भइरहेको भएपनि बर्षाका कारण बेला–बेला अवरुद्ध हुने गरको कारण सडक कहिले खुल्छ भन्ने यकिन नभएको बताए। पहिरो खसेपछि भोटखोला बाट खाँदबारी आउने र खाँदबारी बाट भोटखोला जाने समस्या भएको छ। 

पहिराले आधा दर्जन गाडी हेदाङ्नागढीमा रोकिए 

पहिरोले खाँदबारी–किमाथांका सडक बगाएपछि आधा दर्जन गाडी मकालु–३मा रोकिएका छन्। पहिरोले खाँदबारी बाट भोटखोला गाउँपालिकाको बरुण गएका छ वटा भन्दा गाडी हेदाङ्नागढीमै रोकिएको उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख गौतम श्रेष्ठले जानकारी दिए।

रोकिएका गाडी निकाल्न यातायात ब्यवसायीले पटक–पटक अनुरोध गरे पनि पहिरो हटाउने साधन प्रयाप्त नहुदाँ कठिनाई भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.