|
file Photo

कञ्चनपुर  : सडक दुर्घटनामा परेर मलेसियामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ।

शुक्रबार मलेसियाको शाह आलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खवर पाइएको वडा अध्यक्ष शिवराज पनेरुले बताए।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रुपमा कार्यरत भट्ट सँगै नुवाकोट घरभै सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ।

मृत्यु हुने दुवै जनाको शव स्थानीय अस्पतालमा राखिएको छ। मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडा अध्यक्ष पनेरुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.