|

कपिलवस्तु : वस्ती वसेको ४८ वर्षपछि कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासामा बिजुली पुगेको छ। गाउँमा विद्युत नहुँदा धेरै समस्या भोग्न वाध्य भएका वनकसवासी गाउँमा विद्युत पुगेपछि हर्षित भएका छन।

बिजुलीको प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले स्वीच अन गरेर उदघाटन गरे। बिजुली नहुँदा तराईको प्रचण्ड गर्मीमा गाउँमा रहेको विद्यालयमा कष्टकर जीवन विताएर अध्ययन गरिरहेका वालवालीका बिजुली पुगेपछि सवैभन्दा खुसी भएका छन्। शिवराज नगरपालिका १ को १० लाख र नेपाल विद्युत प्राधिकरणको ४० लाखको लागतमा गाउँमा बिजुली पुराउन सफल भएको नेपाल विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगंजाले वताए।

प्रमुख अगंजाले सवैको सहयोगले काम सुरु गरेको तीन महिनाको समय अवधिमा बिजुली वाल्न सफल भएको वताए। उनले शिवराज नगरपालिकाको वनकसवासा र विजयनगर गाउँपालिकाको जवावैराठ जिल्लामा पुरानो वस्ती भए पनि बिजुली पुग्न नसकेको कुरालाई स्मरण गर्दै यस वर्ष दुवै ठाउँमा बिजुली वाल्न सफल भएपछि खुसीको अनुभुती भएको वताए।

बिजुली पुगेपछि साना घरेलु उधोग संचालन गरी आत्म निर्भर वन्न शिवराज नगरपालीकका नगरप्रमुख नेत्रराज अधिकारीले गाउँवासीलाई आग्रह गरे। प्रमुख अधिकारीले राजमार्गसँग सटेको गाउँ भएकाले होटल तथा साना घरेलु उद्योगको सम्भावना राम्रो रहेको बताउँदै सुन्दर गाउँ निर्माणमा जुटन आह्वान गरे। उनले वन जंगलनजिक भएको हुँदा जडीवुटी प्रशोधन उद्याेग संचालन गरी आत्म निर्भर वन्न इच्छुक भएमा नगरपालीकाबाट सहयोग गर्ने प्रतिवद्धता गरे।

प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले विद्युत नहुँदाको कहाली लाग्दो अवस्था स्मरण गर्दै विद्युत पुर्‍याउन अथक प्रयास गर्ने विद्युत प्राधिकरण र नगरपालिकालाई धन्यावाद व्यक्त गरे। सांसद केसीले बिजुली आएपछि मोवाइल चार्ज गर्ने टिभी हेर्ने लगायतका सामान्य कामको फाइदा भन्दा पनि जीवनयापनसँग जोडिएका ससाना उद्याेग संचालन गरी अगाडि बढ्न गाउँवासीलाई सुझाव दिए।

राम्रो काम गर्न खोज्ने व्यक्तिलाई प्रदेश सरकारले विभिन्न अनुदान व्यवस्था गरेको वताउँदै उनले आत्म निर्भर हुने खालका कामको पहिचान गरी बिजुलीको उपयोग गर्न आग्रह गरे।

विस २०२८ सालमा महेन्द्रराज मार्ग विस्तार हुने वेला वसेको वस्तीमा ४८ वर्षपछि बिजुली पुगेको हो। बिजुली नहुँदा ७२ घर भएको गाउँलेले जेनेटर चलाएर टयुवेलबाट पानी उपभोग गर्दै आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.