|

सिन्धुली : दुधौली नगरपालिका १२ मा पहिरोले घर बगाउँदा शनिबार एउटै परिवारका तीन जना बेपत्ता भएका छन्। 

पहिरोले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। पहिरोले पुरिएका हिराबहादुर पौडेलको भने स्थानीयवासीले सकुशल उद्धार गरेका छन्। प्रहरी टोली घटनास्थलमा गएको छ।

अहिले बेपत्ता तीनै जनाको खोजी भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.