|

गुल्मी : रेसुंगा नगरपालिकाले ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। 

रेसुंगा नगरपालिकाका १४ वटै वडामा स्वास्थ्यकर्मीको टोली घरघर पुगेर स्वास्थ्य परीक्षण गरेको रेसुंगा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कृष्ण पन्थीका अनुसार अहिलेसम्म करिब १६० जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए।  

स्वास्थ्य शाखा संयोजक पन्थीले वृृद्धवृद्धाहरुलाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच गर्न आउन समस्या हुने र वृद्धवृद्धामा दम, उच्च रक्तचापलगायतका समस्याहरु आउने भएकाले घरमै गएर स्वास्थ्य परीक्षण र आवश्यक केही औषधि दिएको बताए।

वडा नम्बर ७ का भुवानन्द पन्थीले यसरी घरमै स्वास्थ्य परीक्षण होला भनेर नसोचेको बताए। नगरपालिकाको यस्तो कामले आफूलाई खुसी तुल्याएको पन्थीले बताए। यस्तै, सोही वडाकै डिलाराम पन्थी क्षेत्रीले राम्रो कामको सुरुवात भएको बताउँदै यसलाई दीर्घकालिन बनाउन आग्रह गरे।

आगामी आर्थिक वर्षदेखि उक्त सेवा महिनाको दुई पटक स्वास्थ्य परीक्षण गर्ने योजना रहेको पन्थीले बताए। नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले स्थानीय सरकारको प्रत्याभूति दिन र स्थानीय सरकार पनि वृद्धवृद्धाको साथमा रहेको सन्देश दिनका यो अभियान चलाएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.