|

डोल्पा : मुड्केचुला गाउँपालिका–१ मा काशिल खोलामा शनिबार दिउँसो आएको बाढीले एक जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

दिउँसो साढे २ गएको बाढीले उनीहरुलाई बगाएको प्रहरीले बताएको छ। तीमध्ये घट्ट पिस्न आएका बालबालिकाहरु धेरै रहेका छन् ।

सदरमुकाम दुनैबाट करिब ४५ कोष टाढापर्ने काशिल खोलामा आएको बाढीमा परेर ४३ वर्षीय धर्मराज बोहोरोको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ। उनको च्यापियर मृत्यु भएको बताइएको छ।

बाढीमा परी बेपत्ता हुनेमा वडा नम्बर १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा, वर्षीया बृहष्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी बिक र रंगी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिए।

कालीबहादुर सिँचाइ आयोजनाको १५ लाख रुपैयाँ लिएर गाउँतर्फ जाँदै गर्दा बाढीमा परेर बेपत्ता भएको बताइएको छ। बाढीमा अझै धेरै हराइरहेको अनुमान प्रहरीको छ।

सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोली शनिबार बेलुकी नै घटनास्थलतर्फ हिँडिसकेको छ। दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ। बाढीले दश वटा पानीघट्ट र काशिल लघु जलविद्युत आयोजनाको पाइपलाइन बगाएको बताइएको छ।

घटनामा पर्नेहरको उद्धार र राहतका लागि हेलिकोप्टरको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग पहल गरिरहेको प्रदेशसभा सांसद वीरबहादुर शाही र बदमीकुमारी बोहोराले जानकारी दिए। मौसम खराब भएकाले हेलिकोप्टर अहिलेनै आउने सम्भावना नरहेको सुरक्षा निकायले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.