|

पाल्पा : शनिबार दिउँसो खसेको पहिरो नरोकिएपछि उक्त सडकखण्ड आइतबार पनि  सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। उनका अनुसार अहिले स्काभेटरले सडक खुलाउने काम भइरहेको छ। 

ठूलठूला ढुङ्गासहित पहिरो खसेको छ। सडक सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने प्रहरी नायब उपरीक्षक सापकोटाले बताए। यस पहिरोले शनिबार एकजना युवकको ज्यान लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.