|

नेपालको तराई क्षेत्रसँग सीमा जोडिएको भारतको उत्तर बिहार क्षेत्रमा बाढीका कारण ८ जनाको मृत्यु भएको छ। घटनामा सयौं घाइते भएका छन्। 

भीषण वर्षासँगै विभिन्न नदीमा आएको बाढीले ठूलो भूभाग डुबानमा परेको भारतीय अधिकारीहरुले जनाएका छन्।  कमला, बागमती, गण्डकी, कोशीलगायतका नदी बढेर बस्तीमा पुगेपछि ठूलो संख्यामा मानिसहरु विस्थापित भएको जनाइएको छ।

कमला नदीको तटबन्ध फुटेपछि जयनगरका ९० प्रतिशत भन्दा बढी घर डुबानमा परेका छन्। स्थानीय प्रशासनले त्यहाँको बजार खाली गराएको छ। भारतले नेपालसँगका अधिकांश सीमा क्षेत्रमा पर्खाल लगाएकाले नदी आसपासको क्षेत्रमात्र डुबानमा परेको छ।

नदी प्रभावित क्षेत्रमा भने डुबानको असर बढी देखिएको जनाइएको छ। भारत सरकारले विभिन्न सहर क्षेत्रमा बाढीको प्रभाव न्युनिकरणका लागि लगाएका पर्खालहरु भत्किएको र लाखौं मानिस विस्थापित हुने अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.