|

काठमाडौं : लगातारको बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु भएको छ। 

गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएको र २९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। खोटाङ, काठमाडौं मकवानपुरमा ३/३ जनाको मृत्यु भएको छ।

मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २/२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ। सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन्। 

यस्तो छ केन्द्रको तथ्यांक

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.