|

बाग्लुङ : मध्य पहाडी लोकमार्गअन्तर्गत बाग्लुङ खण्डका अधिकांश क्षेत्र पहिरोले क्षति पुर्‍याएको छ।

सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किमी सडक हिलाम्मे छ। यसबाहेकको कालोपत्रे गरिएको खण्डको दर्जनौं स्थानमा गएको पहिरोले सडकमा क्षति पुगेका छ। अहिले दुदिलाभाटीको झाँक्रीस्थान, काफलठुटा, मल्मको आँगखेत र छिस, रिघा फेदीका विभिन्न स्थान, ग्वालीचौर, भीमगिठेलगायत एक दर्जनभन्दा बढी पहिरो खसेको छ।

तुरतुरे तालदेखि ३० मिटर दक्षिणमा बडिगाड खोलाको बढीले पक्की सडक भासिएको छ। त्यस क्षेत्रमा एकतर्फी मात्र सवारीसाधन सञ्चालन हुँदै आएको छ। निरन्तर वर्षाका कारण खोला बढे सडक भत्किने खतरा भएको स्थानीयले बताए। उक्त स्थानमा सडक अझै भत्किए ट्रयाक खोल्ने स्थान समेत छैन। 

एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको र केही स्थानमा एकतर्फी सवारी मात्र चल्दा पनि मध्यपहाडी लोकमार्गका प्राविधिक र कर्मचारी नदेखिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.