|
file Photo

डडेल्धुरा : जिल्ला सदरमुकामा रहेको डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण भएको छ । हातपात गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चिकित्सकको उजुरीका आधारमा आइतबार दिउँसो शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ। ‘आज दिउँसो एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ’ प्रजिअ पौडेलले भने, ‘अहिले प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।’

गत बुधबार दिउँसो शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो। आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।

अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको चिकित्सकको आरोप छ। तर, वडाध्यक्ष खड्काले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन्।


यो पनि पढ्नुस् :

डडेल्धुरा अस्पतालको सेवा ठप्प, मारमा सेवाग्राही 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.