|
file Photo

कपिलवस्तु  : कपिलवस्तुमा डुबेर दुईजना बालकको पोखरीमा  मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ किलौनीका बेतबहादुर बोहोराका ९ वर्षीय छोरा अनमोल बोहोरा र सोहि स्थानका रामबहादुर कुँवरका १० वर्षीय छोरा सौगात कुँवर रहेका छन्।

घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई आफन्तले तत्काल पोखरीबाट निकाली उपचारको लागि ४ नं. स्थित सामुदायिक अस्पतालमा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो २ बजेको समयमा पोखरीमा ती बालक डुबेको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.