|
प्रतीकात्मक तस्वीर

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका ५ का सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। लगातारको वर्षाका कारण बाढी, पहिरो र डुवानका कारण भीमफेदी गाउँपालिकाको सबै वडाका विद्यालय र हेटौँडा ५ का सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो।

भीमफेदी गाउँपालिका भरिका विद्यालय आइतबारदेखि मंगलबारसम्मका लागि बिदा दिइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। विद्यालय सञ्चालन गर्दा पनि बाढी, पहिरोका कारण आउन नसक्ने अवस्था भएकाले तीन दिनसम्मका लागि बिदा दिइएको उनले बताए।

यसैगरी, हेटौँडा ५ का अधिकांश विद्यालय लगातारको वर्षाका कारण डुवानमा परेका छन्। पानी कम भए पनि बिद्यालय भित्र सफा गर्नुपर्ने र पानीको झरीको समस्या अझै पनि भएकाले विद्यालय बन्द गर्नुपरेको हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए। 

हेटौँडा ५ का सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको हो। हेटौँडाका १९ वटा वडाको तुलनामा ५ नम्बर वडामा लगातारको वर्षाका कारण डुवान भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.