|

सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमतिमा आएपछि कर्णाली प्रदेश सभाले बजेट पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल सहमतिमा आएपछि बसेको प्रदेश सभा बैठकले कर्णाली सरकारको ३५ अर्बको बजेट पारित भएको हो ।

यसअघि बजेटमा सांसदहरुले उठाएको प्रश्नहरुको चित्त बुझ्दो जवाफ नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको थियो । 

विभागीय मन्त्रीले मौखिक मात्रै प्रतिवद्धता जाहेर गरेको बताउँदै कांग्रेसले  लिखित  संशोधन नगरेको भन्दै प्रतिपक्षले बजेट पारित गर्न दिएको थिएन।

सरकार र प्रतिपक्षबिच भएको छलफलमा सहमति भएपछि कर्णाली सरकारको बजेट पारित भएको हो । छलफलमा मन्त्रीले प्रतिवद्धता गरेका, संशोधन गर्ने भनेको बजेट पनि विनियोजन विधेयकको अंगका रुपमा रहने सहमतिपछि बजेट पारित भएको हो । सरकारले बजेटमा संसोन गरेका बुँदाहरु सभामुख राजबहादुर शाहीले प्रदेश सभामा बढेर सुनाएका थिए ।

बजेटमा सुधार गरिने बुँदा

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्अन्र्तगत कर्णाली पूर्वाधार विकास लगानी कोष कार्यक्रममा विनियोजन गरिएको ३ अर्बमध्ये जनता सडक कार्यक्रमका लागि १ अर्ब ९२ करोड थप गरी भौतिक पूवाधार मन्त्रालयमा पठाउने।
  • आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गरी सबै मन्त्रालय तथा निकायमा बढिरहेको, दोहरिएको, बजेट, संस्थाका नाममा किटान गरिएको तथा कार्यक्रमको महत्व र प्रभावकारिता हेरी चालुतर्फको बजेट पूँजीगत तर्फ रकामन्तर गर्ने ।
  • चालु खर्च शीर्षकबाट प्राप्त हुने बजेट कर्णाली प्रदेश महत्वका आयोजना तथा योजना कार्यक्रम र बजेट विनियोजनमा कम परेको बजेटको  क्षेत्रगत सन्तुलन मिलाउने 
  • मन्त्रालयबाट प्रस्तावित कार्यक्रम र योजनामध्ये कार्यन्वयन योग्य नभएका र दोहोरिएका योजनालाई आवश्यकता अनुसार संशोधन गरी कार्यन्वयनयोग्य र प्रतिफलयुक्त बनाउने ।
  • पूर्वाधार विशेष कार्यक्रमको १ अर्ब २० करोड कार्यविधि बनाई निर्वाचन क्षेत्रमा कार्यन्वयन गरिने 

कर्णाली प्रदेश सरकारका आर्थिकमामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा पेश गरेको विनियोजन  विधेयकको अंग बन्ने गरी बजेट पारित भएको हो ।

यता सत्ता पक्षका सांसद गोपाल शर्माले विपक्षी दलले केटाकेटी शैलीमा संसदमा अवरोध गरेर अन्त्यमा अवरोध खुलाएको बताए । 

‘पहिले अर्थमन्त्रीले सांसदहरुले उठाएका सवालको जवाफ दिने बेला नै बोलेका कुराहरु सभामुखबाट बोलाउन लगाइयो, त्यसका लागि किन संसद अवरोध गर्नुपथ्र्यो ?’ सांसद शर्माले भने, ‘प्रतिपक्षले विरोधका नाममा विरोध मात्रै गरेको हो ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.