|

पाँचथर : विद्यालय जाने क्रममा खोलाले बगाएर बेपत्ता बनाएका पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रविस्थित खेसाङखोपाका एक विद्यार्थीको शव फेला परेको छ। शुक्रबार विद्यालय जाने क्रममा खोला तर्न खोज्दा बगेका १० वर्षीय दियन राईको शव आइतबार दिउँसो फेला परेको हो। 

बगेको ठाउँदेखि करिब दुई किलोमिटरको दूरिमा रहेको यावराङ झर्नादेखि डेढसय मिटर तल ढुंगाको चेपमा अल्झिएको अवस्थामा शव फेला परेको इलाका प्रशासन कार्यालय रविका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए। 

दाजु शेडिङसँगै रवि बजारमा रहेको होली चाइल्ड इङ्लिस बोर्डिङ स्कूल जाँदै गर्दा पुल हुँदा हुँदै पनि उनी खोला तरेर जाने भन्दै खोलामा पसेका थिए। बाढी आएको खोलामा पसेका उनी एकै छिनमा बगेर बेपत्ता भएका थिए। उनको खोजीको लागि बुबा लोकबहादुर राईसहित अन्य अभिभावक, स्थानीयवासी र प्रहरी खोजीमा जुटेको थियो। उनी कक्षा ४ मा अध्ययन गर्दथेँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.