|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो तथा डुबानबाट प्रभावितको उद्धार र राहतमा जुट्न सबैलाई आव्हान गरेकी छन्।

राष्ट्रपति भण्डारीले अविरल वर्षाका कारण उत्पन्न जटिल परिस्थितिमा पीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आव्हान गरेकी हुन्।

प्राकृतिक विपद्को दुःखद् घडीमा पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र वेपत्ताको खोजीकार्यमा राज्यका संयन्त्रलाई परिचालन गर्न सम्बन्धित निकायको ध्यान पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ।

उनले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट बच्न सावधानी अपनाउन आम नागरिक र सम्बद्ध सबैको ध्यानाकर्षणसमेत गराएकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.