|

आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको फाइनल खेलमा न्यूजिल्यान्डले इंग्ल्याण्डसामू २ सय ४१ रनको चुनौति पेस गरेको छ।

लण्डनको लर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरा ओभरमा ८ विकेट खर्चंदै २ सय ४१ रन बनायो। न्यूजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए। कप्तान केन विलियम्सनले ३० रन जोडे।

इंग्ल्यान्डका क्रिस ओक्स र लियाम प्लूनकेटले समान ३—३ विकेट खसाले। इंग्ल्यान्ड अहिले २ सय ४२ रनको लक्ष्य पछ्याईरहेको छ। दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

न्यूजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो। क्रिकेटको जननी इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.