|

  • कृष्ण बहाव भट्टराई

इटहरीः लोकसेवा आयोगको परीक्षामा कोटा प्राणली लागू नगरेको भन्दै आदिवासी जानजाति महासंघ सुनसरीले राँके जुलुस निकालेको छ। आयोगले संवैधानिक नियमविपरित विभिन्न जातिका लागि सुरक्षित गरेको कोटा पालना नगरेको भन्दै महासंघ आन्दोलित भएको छ।

महासंघले आज सुनसरीका इटहरी, धरान, इनरुवा, रामधुनी र बराहक्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको जिल्ला अध्यक्ष राम माण्डुपा राईले बताए। 

सबै स्थानीय तहमा साढे पाँच बजे जुलुस निकालेको हो । ४५ प्रतिशत आरक्षणको कोटाको माग पुरा नभएर सोमबार सिठ्ठी जुलुस हुँदै सावन २ गते नेपाल बन्दका पूर्व घोषित कार्यक्रम हुने राईले बताए।

महासंघको केन्द्रीय समितिको निर्णय अनुसार आन्दोलनका कार्यक्रमहरू अन्य जिल्लामा पनि जारी रहने राइले बताए। उनले भने, ‘हाम्रा संवैधानिक अधिकार खोसिए आन्दोलन र सडक सङ्घर्ष जारी हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.