सुनचाँदीले बनेको ११ किलोको दिइन्छ ट्रफी

|

एजेन्सी : इङल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डलाई हराउँदै करिब ४६ करोड ६६ लाख नेपाली रूपैयाँ जितेको छ । इङ्ल्यान्डले विश्ववकपको ट्रफीसँगै उक्त रकम जितेको हो। 

लगातार दोस्रो पटक फाइनलमा हार भोगेको न्युजिल्यान्डको टिमले १४ करोड रूपैयाँमा चित्त बुझाएको छ। च्याम्पियन टिमले  सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी उचाल्यो। 

न्युजिल्यान्डका कप्तान केन विलियम्सन  प्लेयर अफ द टुर्नामेन्ट र इङल्यान्डका बेन स्टोक्स म्यान अफ द म्याच घोषित भए। विलियम्सनले विश्वकपको ८ पारीमा ५४८ रन बनाए। उनको कप्तानीमा न्युजिल्यान्डको टिम फाइनलसम्म पुग्यो। अर्कातिर स्टोक्सले फाइनल भिडन्तमा ९८ बलमा ८५ रन बनाए। 

भारतका रोहित शर्मा यस विश्व्कपमा सर्वाधिक रन बनाउने ब्याटसम्यान भए। उनले ९ पारीमा ६४८ रन बनाएका थिए। दोस्रो स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहे। उनले १० पारीमा ६४७ रन बनाए। अर्कातिर अस्ट्रेलियाका मिसेल स्टार्क सर्वाधिक विकेट लिने बलर भए। उनले २७ विकेट लिए। दोस्रो स्थानमा बंगलादेशका काबिज मुस्तफिजुर रहमानले २० विकेट लिए। तर उनको टिम विश्वकपमा समूह चरणमबाटै बाहिरियो। तेस्रो स्थानमा काबिज आर्चरले २० विकेट लिए।

विश्वकपको ट्रफी ११ किलोको छ। यो सुन र चाँदी मिलाएर बनाइएको हो। यसको उचाई ६० सेन्टिमिटर हुन्छ। यसलाई बनाउन करिब २ महिना लाग्छ। यसमा एउटा ग्लोब जस्तो हुन्छ, जो सुनबाट बनाइएको छ। यो ग्लोब तीनतिर मोडिएको स्तम्भको सहारामा टिकेको हुन्छ।  

यी तीन स्तम्भको आकार स्टम्प्स र बेल्सको जस्तै हुन्छ। यस ट्रफीलाई पहिलो पटक सन् १९९९ मा बनाइएको थियो। यस ट्रफीको वास्तविक प्रति आईसीसीले राख्छ। विजेतालाई रेप्लिका (प्रतिमूर्ति) दिइने गरिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.