|

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा एक घर पहिरोले बगाउँदा आमाछोरी बेपत्ता भएका छन्। मार्खुका श्याम बलामीको घर पहिरोले बगाउँदा उनकी श्रीमती  कान्छीमाया बलामी र छोरी १८ वर्षीया बबिता बलामी बेपत्ता भएका हुन्। यस्तै बुहारी ३८ वर्षीया बेली बलामी भने घाइते भएकी छिन्। 

आइतबार राति पहिरोले बगाए पनि प्रहरी भने घटनास्थलमा अझै पुगेको छैन। इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली भर्खरै हिँडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रहरीले ढिलो खबर पाएकोले भर्खरै प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पवन कुमार झाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.