|

इटहरी : नेपाल प्रहरीकी चन्द्रकला लामगाडेले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोश्रो रेकर्ड बनाइकी छन्। आइतबार उनले महिला ज्याबलिङ थ्रो मा ४३.९४ मिटर प्रहार गरेर राष्ट्रिय रेकर्ड बनाएकी हुन्।

उनले यसअघि २०७२ सालमा भएको सागको छनोट खेलमा उनले महिला ज्याबलिङ थ्रोमा ४३. ९० मिटरको रेकर्ड बनाएकी थिइन्। यसअघि उनले शनिबार महिला सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

महिला ज्याबलिङ थ्रोमा आर्मीकी लक्की थारुले रजत र सशस्त्र प्रहरीकी सीमा थारुले कास्य पदक जितेका छन्। लक्कीले ३९.९९ मिटर दूरी प्रहार गरेकी थिइन् भने सीमाले ३९.२७ मिटर प्रहार गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.