|

हेटौंडा : मकवानपुरस्थित इन्द्रसरोवर जलाशय (कुलेखानी ड्याम) को पानी १ हजार ५ सय २६.५ मिटर सतहमा पुगेको छ। पानी भरिएपछि बाँधको ढोका खोल्ने तयारी गरिएको थियो । 

ड्यामको क्षमता भन्दा ४ मिटर मात्रै कम पानीको सतह आइसकेको छ। सोमबारदेखि पानीको सतह बढ्ने क्रम घटेकोले बाँधको ढोका नखोल्ने बताइएको छ । 

यसअघि प्रशासनले सोमबार बिहान ८ बजे कुलेखानीको बाँधको ढोका खोलिने जनाएको थियो। विद्युत प्राधिकरणको निर्देशन नआइपुग्दा सुरक्षा निकाय कुरेर बसेको थियो । 

बाँधका ढोका खोलेर पानी प्रतिघण्टा ५ सेमीका दरले सतह घटाउने तयारी थियो। तर प्राधिकरणले टवाईनबाट सतह नियन्त्रित रुपमा  घटाउन सक्ने बताएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।  

चार वर्षअघि १ हजार ५ सय २८ मिटर पानीले भरिँदा पनि बाँधको ढोका खोलिएको थिएन ।  कुलेखानी क्षेत्रमा रातिदेखि वर्षा रोकिएको छ । तर पनि थाहा नगरपालिकाको पालुङ, दामनलगायत क्षेत्रमा भारी वर्षाले जलाशयको सतह बढेको हो । 

जलाशयमा पानीको मात्रा बढेपछि सोमबार विहानैबाट कुलेखानी प्रथम र दोस्रो सबै टर्वाइन चलाइएको छ । अहिले कुलेखानी प्रथमले ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत् उत्पादन गरिरहेको छ। यसअघि समय समयमा मात्रै सबै टर्वाइन घुमाउने गरिएको थियो ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.