|

पर्सा : आइतारबाट पानीको सतह कम हुन थाले पनि पर्सामा एकजना फेरि चिप्लिएर सिर्सिया खोलाकाे बाढीमा परी वेपत्ता भएका छन्। आइतबार राति १० बजेतिर पिसाब फेर्न भनी घरबाहिर निस्किएका सिर्सियाका ५० वर्षीय दुर्गा साह वेपत्ता भएका हुन्।

वीरगन्ज महानगरपालिका २५ सिर्सियाका साह पिसाव फेर्न जाने क्रममा अकस्मात खुट्टा चिप्लिएर खोलामा खसी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। वेपत्ता भएको सूचना पाउने साथ खोजी कार्यका लागि जुटेको सुरुक्षाकर्मी लगायतको टोलीले साहलाई अहिलेसम्म भेट्न नसकेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। 

सम्भावित एरियामा वेपत्ता साहको खोजी कार्य जारी रहेको उनले बताए। बाढीले बगाएकोले साहकोअवस्थाका विषयमा यसै भन्न सक्ने पर्सा प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.