|

म्याग्दी : कालीगण्डकी नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको बेनी-जोमसोम सडक खण्डको, घोप्टेभीरमा सडक मर्मत गरेपछि एकतर्फीरुपमा सडक खुलेको छ ।

कालीगण्डकी करिडोर अन्तर्गतको सो सडकमा काम गर्दै आइरहेको डोजर, ब्रेकर मेशिन र मजदुरले ३ दिनसम्म लगातार सडक मर्मत गरेपछि सडक संचालनमा आएको बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। सडकमर्मत भएसँगै सोमबार दिउँसो १ बजेदेखि म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा पनि सुचारु भएको छ। 

साँझ ५ बजेदेखि साना ठूला सबै सवारीसाधनलाई सहज हुने गरी सडक खुल्ने सुपरभाइजर शेरचनले जानकारी दिए। शेरचनले भने,‘तत्कालै साना गाडी पास गर्ने गरी सडक खुल्ला गर्‍यौं। अब केही बेरमा सबै काम सकिनेछ।’ सडक गत शुक्रबार दिउँसोदेखि अवरुद्ध थियो।'

म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभीर सडक खुल्ला भएपछि मुस्ताङतर्फ आउने र मुस्ताङबाट म्याग्दी जाने गाडी सडक वारपार गरेका शेरचनले बताए। नदी कटानका कारण १० मिटर भन्दा बढी सडक भासिएको थियो। सडकमा यातायातका साधन संचालनमा आएसँगै यात्रु आफ्नो गन्तव्यमा पुग्न पाउने आशाले खुसी भएका शेरचनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.