सुरेशविरुद्ध इन्टरपोलको डिफ्युजन

|

काठमाडौं : विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका एकजना व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले गोरखाका २४ वर्षीय सुरेश गुरुङलाई शनिबार काठमाडौंको गोंगबुबाट प्रहरीले पक्राउ गरेको हो। इन्टरपोल कतारको बोर्डर इमिग्रेसेन रेकर्ड अनुसार सुरेश कतारमा रहेको खुलेको थियो। उनी त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको सूचना प्रहरीलाई पुगेको थियो। त्यसकै आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा गोंगबुको मित्रनगरबाट उनलाई पक्राउ गरेको हो । 

गुरुङ थरकी महिलालाई सुरेशले विभिन्‍न अश्लील म्यासेज लेखी पठाएपछि त्यसो नगर्न अनुरोध गरिएको थियो। तर महिलाका आफन्तलाई पनि इमोमार्फत् अपशब्द लेख्दै धम्की दिएर प्रतिष्ठामा आँच आउने काम गरेपछि सुरेशविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पीडितले वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएका थिए।

त्यसपछि महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेको थियो। त्यसपछि उनीविरुद्ध इन्टरपोलले गत जेठ १७ गते डिफ्युजन जारी गरेको थियो। प्रतिवादी गुरुङविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.