|

दाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले भ्रष्टाचार नै सुशासन र समृद्धिको बाधक भएको बताए।

आयोगको कार्यालय बुटवल मातहतमा रहेको सम्पर्क कार्यालय नेपालगञ्जले आइतबार घोराहीमा गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन विषय कार्यक्रममा बोल्दै आयुक्त गुरुङले समृद्धि र सुशासनको मार्गलाई अवरोध गर्ने नै भ्रष्टाचार भएको बताए। त्यसैगरी उनले जनता चनाखो र कर्मचारी सदाचारी बन्न आबश्यक रहेको बताए।

पारदर्शिता र जवाफदेहिता भए मात्रै देश विकास र नागरिकको अधिकार स्थापित हुने उनले बताए। त्यस्तै  भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाको समेत आवश्यक परेको नेपालगञ्जका प्रमुख गणेश गैरेले बताए। भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै व्यक्ति जिम्मेवार, जवाफदेही र उत्तरदायी हुनु पर्ने समेत बताए।

भ्रष्टाचार रोक्नका लागि आयोगले विभिन्न बिकल्प अपनाइरहेको भन्दै उनले आयोगले अब बिचौलीको भेषमा कर्मचारी परिचालन गर्न लागेको बताए। विषेश गरी जनताको बढी भीड हुने मालपोत र यातायात कार्यालयमा बिचौलिया कै भेषमा सूक्ष्म निगरानी बढाएर भ्रष्टाचारलाई रोक्ने आयोगले योजना बनाइएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.