उद्योगीको समस्या बुझेर निर्णय लिएका हौँ : गभर्नर नेपाल

|

काठमाडौं : बाढी पहिरो प्रभावित उद्योगी व्यवसायीलाई सरकारले बैंकको सावाँ, व्याज भुक्तानी गर्ने समय एक महिना थप्ने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट दुई साताको म्याद थप्न भनिएकोमा राष्ट्र बैंकले राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो। 

'बाढी पहिरोको कारण उद्योगी व्यवसायी समस्या छन्। हाम्रो तर्फबाट समस्या समाधान गर्न एक महिना समय थप गरिएको हो,' नेपाल राष्ट्र बेंकमा गभर्नर डा. चिरञ्‍जीवी नेपालले थाहाखबरसँग भने। उनले व्यवसायी समस्यामा पर्दा सरकारले सम्बोधन गर्छ भन्‍ने उदाहरण यस्ता कामले देखाएको बताए।

लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण बजारबाट उद्योगी/व्यवसायीको पैसा उठ्न नसकेको भन्दै महासंघले आइतबार समय थप गर्न माग गरेको थियो। 'हामीले आइतबार समय थप्न माग गरेका थियौँ । हाम्रो समस्या राष्ट्र बैंकले बुझेको छ,' नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भनिन् 'यो स्वागत योग्य काम हो, व्यवसायीका समस्या तत्काल सम्बोधन गरिदिएकोमा खुसी छौँ' 

राष्ट्र बैंकले सोमबार 'क', 'ख' र ग वर्गका बैंकलाई परिपत्र जारी गर्दै,  'बाढी पहिरोका कारण २०७६ असार मसान्तसम्म सावाँ, व्याज तथा किस्ता भुक्तानीको कठिनाइलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण तयार गर्ने प्रयोजनको लागि एक महिना कायम गरिएको छ।' यस अघि १५ दिनको रकम नियमनकारी कोषमा जम्मा गर्न नपर्ने व्यवस्था गरिएको थियो। 

यस्तो छ राष्ट्र बैंकको परिपत्र

उद्योगीहरूले कर भुक्तानीको समय थप्न माग गर्दै आएका छन्। महासंघकी अध्यक्ष राणा नेतृत्वको टोली सोमबार आन्तरिक राजस्व विभागलाई समय थप्न  ध्यानकर्षण गराएको छ। कर भुक्तानी गर्ने समय थप गर्नेबारे अर्थमन्त्रालयले कुनै निर्णय लिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.