|

काठमाडौं : काठमाडौं महानगरपालिकाका एकजना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। 

महानगरको समाजिक विकास विभागका नायव सुब्बा (पाँचौ तह) कृष्णप्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार उक्त परिमाणको घुससहित नियन्त्रणमा लिएको हो । सोती कांग्रेसनिकट स्थानीय तह कर्मचारी युनियन नेपालका काठमाडौं महानगरपालिकाका अध्यक्ष रहेको पनि खुलेको छ। 

सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभागमार्फत आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारको टंगालस्थित टोलीले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सेवाग्राहीबाट एक लाख सात हजार घुस लिइसकेको अवस्थामा कार्यलय परिसर बरमहलबाट रङ्गेहात पक्राउ गरिएको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.