|

काठमाडौं : बाढी पहिरोबाट प्रदेश १ मा मात्रै साढे ८१ करोड भन्दा बढीको क्षति भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार हालसमम प्रदेश १ मा ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको तथ्यांक आएको छ।

मन्त्रालयका अनुसार पशुतर्फ २५ लाख ८० हजार रुपैयाँको क्षति भएको छ। कृषितर्फ ८१ करोड २८ लाख रुपैयाँको क्षति भएको हो। प्रदेश १ मा दुई हजार ४२२ घरधुरी प्रभावित भएका थिए। जसमा १० हजार ६८२ हेक्टर क्षेत्रफलको खेतिबाली प्रभावित भएको छ।

प्रदेश १ का धेरै जिल्लाहरूबाट अझै पूर्ण विवरण आएको छैन। प्रराम्भिक अवस्थामा पनि यति ठूलो क्षतिको विरवण मन्त्रालयले निकालेको हो। बाढीका कारण प्रदेश १ को कृषिक्षेत्र अझ धेरै प्रभावित भएको अनुमान गरिएको छ। 

यस्तो छ प्रददेश १ को विवरण  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.