|
प्रतीकात्मक तस्वीर

चितवन : चितवनमा अवैध यौन धन्दा बढिरहेको गुनासो आइरहेका बेला प्रहरीले सोमबार एकैसाथ सर्च अपरेशन चलाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोली अवैध यौन धन्दामा संलग्न भएको आरोपमा ९७ जनालाई नियन्त्रमा लिएको हो। यौनजन्य क्रियाकलाप रोक्न अभियान अन्तर्गत भरतपुर र आसपासका होटल, रेष्टुरेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । 

चितवन प्रहरीले लागूऔषध दुर्व्यसनी, यौनजन्य क्रियाकलाप र सामाजिक विकृतिजन्य गतिविधिप्रति कडा निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो। विभिन्‍न स्थानमा छापा मार्दा ९७ जनालाई आपत्तिजनक अवस्थामा फेला पारेपछि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

 

जिल्लाका दर्जनौँ स्थानमा एकसाथ छापा मारी उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेमा ४२ जना पुरुष, ४३ महिला र १२ जना होटल सञ्चालक छन्। उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए। 

जिल्लामा सञ्चालित होटल, लज, रेष्टुरेण्ट, कटेज र डेटिङ स्पटहरुमा लागूऔषध दुव्र्यसन, यौनजन्य तथा सामाजिक विकृतिजन्य गतिविधि हुनेगरेको गुनासोका आधारमा छापा मारिएको प्रहीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.