|

  • कृष्ण बहाब भट्टराई

इटहरी : लोकसेवा आयोगको परीक्षामा कोटा प्राणली लागू नगरेको भन्दै सोमबार पनि सुनसरीमा प्रदर्शन गरिएको छ । आइतबार राँके जुलुस निकालेको आदिवासी जानजाति महासंघले सोमबार सिठ्ठी जुलुस निकालेको हो। लोकसेवाले संविधान अनुसारको आरक्षण व्यवस्थाको नगरेको भन्दै महासंघले सिठ्ठी जुलुस निकालेको हो । 

सोमबार साँझ साढे पाँच बजेपछि इटहरी चोकबाट सिठ्ठी जुलुस निकालिएको थियो । इटहरी चोकबाट निकालेको सिठ्ठी जुलुस इटहरी उपमहानगरपालिका कार्यालयमा प्रवेश गरेर समापन भएको थियो ।

आदिवासी जनजाती महासंघ केन्द्रीय समितिको निर्णयानुसार सिठ्ठी जुलुस गरिएको अध्यक्ष राईले बताए। इटहरी, धरान, इनरुवा, बराहक्षेत्र र रामधुनीमा सिठ्ठी जुलुस गरिएको हो । महासंघले साउन २ र ९ गते नेपाल बन्दको घोषणा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.