|

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्व ११ टिम सार्वजानिक गरेको छ। तर यसमा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडी भने अटाउन सकेनन्। आईसीसीले घोषणा गरेको टिममा फाइनल खेल्ने दुई देशका ६ खेलाडी सहभागी गराइएको छ। न्युजिल्यान्डका केन विलियम्सनको कप्तानीमा घोषणा गरिएको टिममा भारतका २ र उपविजेता बनेको न्यजिल्यान्डका दुई खेलाडी सहभागी छन्।

भारतका कप्तान कोहली र धोनी टिममा नपर्दा रोहित शर्मा र जसप्रीत बुमराहले टिममा स्थान बनाए। रोहितले यो विश्वकपमा ९ इनिङ खेल्दै ६४८ रन बनाएका थिए। जहाँ बुमराहले ९ इनिङमा ५ अर्धशतक सहित ४४३ रन बनाए। त्यस्तै अस्ट्रेलियाका ओपनर डेभिड वार्नर पनि टिममा पर्न सकेनन्। उनले प्रतियोगितामा ६४७ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा आफूलाई उभ्याएका थिए। उनी सर्वाधिक रन बनाएका शर्मा भन्दा मात्र १ रनले पछि परे।

टिममा विश्वकप च्याम्पियन इंग्ल्यान्डका सर्वाधिक धेरै चार खेलाडीले स्थान बनाए। फाइनलमा पराजित न्युजिल्यान्डका दुई खेलाडीले विश्व–११ मा स्थान बनाए। त्यस्तै अस्ट्रेलियाका दुई र बंगलादेशका एक खेलाडीले टिममा स्थान बनाए। न्युजिल्यान्डका ट्रेन्ट बोल्टलाई १२ औँ खेलाडीको रूपमा चुनियो।

आईसीसी क्रिकेट विश्व ११ टिम

ज्यासन रोय (इंग्ल्यान्ड) ४४३ रन, रोहित शर्मा (भारत) ६४८ रन, केन विलियम्सन(कप्तान) न्युजिल्यान्ड ५७८, जोए रुट (इंग्ल्यान्ड) ५५६ रन, शकिब अल हसन (बंगलादेश) ६०६ रन, ११ विकेट, बेन स्टोक्स (इंग्ल्यान्ड) ४६५ रन, ७ विकेट, एलेक्स केरी विकेटकिपर (अस्ट्रेलिया) ३७५ रन, मिचेल स्टार्क (अस्ट्रेलिया) २७ विकेट, जोफ्रा आचर (इंग्ल्यान्ड) २० विकेट, लक्की फर्गुसन (न्युजिल्यान्ड) २१ विकेट जसप्रीत बुमराह (भारत) १८ विकेट र १२ औँ खेलाडी ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड) १७ विकेट।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.