|

दाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज कार्यालयमा दाङका १० स्थानीय तहविरुद्ध ३५ वटा उजुरी परेका छन्।

चालु आर्थिकको जेठसम्म १० स्थानीय तहका ३५ उजुरी परेको नेपालगंज कार्यालयले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगंजका अनुसार उजुरीमध्ये सबैभन्दा बढी शान्तिनगर गाउँपालिकाविरुद्ध सात वटा उजुरी परेको छ।

तुलसीपुर उपमहनगरपालिकाविरुद्ध ६, लमही नगरपालिका र बबई गाउँपालिकाविरुद्ध पाँच पाँच वटा, राजपुर गाउपालिका र घोराही उपमहनगरपालिकाविरुद्ध चार चार तथा बंगलाचुली, राप्ती, दंगीशरण र गढवा गाउँपालिकाविरुद्ध १÷१ वटा उजुरी परेको अख्तियारको नेपालगंज कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.