|

ललितपूर : सवारी चालक अनुमति पत्र (लाईसेन्स) को फाराम भर्न यातायात व्यवस्था विभाग धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सवारी चालक अनुमति पत्रको अनलाइन फाराम भर्ने सेवाको सुरुवात गरेका छन्। यसको सुरुवात भएको छ,'ललितपूरको एकान्तकुनास्थित यातायात कार्यालयबाट।'

अनलाइन प्रणालीको सुरुवात गर्दै मन्‍त्री लेखकले  सवारी चालक अनुमति पत्रको फारम भर्नको लागि लाइनमा रात दिन घण्टौं लाइनमा बस्‍नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

'२१ औं शताब्दीमा ड्राइभिङ लाइसेन्सको फाराम भर्नको लागि रातभर लाइन बसेर फाराम भर्नुपर्ने अवस्थाको अन्त्यको सुरुवात गरेका छौं' मन्त्री लेखकले भने 'अब यो सेवाको देशभर बिस्तार गर्नेछौं।' उनले अनलाइनबाट लाइसेन्स दिने सेवाको बिस्तार गरिने बताए।

त्यस्तै, यातायात व्यवस्था विभागका निर्देशक निरन्जन रिजालले लाइसेन्स लिनका लागि गरिने कष्ट अब हट्ने बताए। उनले भने, 'काठमाडौंमा लाइसेन्स लिने काम सेवाग्राहीका लागि कष्टपूर्ण थियो। अब सेवाग्राहीले घरबाटै फाराम भर्न सक्ने भएकोले ठूलो राहत पाउनेछन्।'

यातायात व्यवस्था विभागले पहिलो चरणमा ललितपूरबाट यो सेवाको सुरुवात गरेको हो। सुरुमा मोटरसाइकल र स्कुटीको लाइसेन्स लिनका लागि मात्रै अनलाइनबाट फारम भर्न पाइन्छ। माघबाट चारपांग्रेका लागि पनि आइनलाइनमार्फत फारम भर्ने प्रबन्ध मिलाइने यातायत व्यवस्था विभागल जानकारी दिएको छ। एक दिन (२४ घण्टा) मा ५ सय फाराम लिइने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट