|

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले एकै पटक तीन वटा मुलुकमा मेगा रेमिट सेवा विस्तार गरेको छ। हङकङ, युएई र जोर्डनमा मेगा रेमिट सेवा सुरु भएको हो।

सेवा सञ्चालनसँगै हङकङबाट इ–पे लिमिटेडबाट मेगा रेमिटमा नेपाल रकम पठाउन सक्ने जनाइएको छ। यस्तै, युएईको सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ। जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको छ। 

उक्त मुलुकबाट पठाइएको रकम मेगा बैंक र देशभर रहेका मेगा रेमिटका २ हजार ५०० भन्दा बढी एजेण्टमार्फत भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.