|
file Photo

काठमाडौं : काठमाडौं महानगरपालिकाले पाँचौ अधिवेशनको चौथो पटक बसेको बैंठकले आर्थिक वर्षको २०७६/०७७ को बजेट पारित गरेको छ। १५ अर्ब, ५० करोड, ७० लाख  बजेट काठमाडौं महागरपालिकामा बसेको बैठकले पास गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगलले जानकारी दिए।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले वडाहरूलाई विभिन्न शीर्षकमा बजेट छुट्टयाएको छ। ठूला, मझौला, साना वडाको लागि बजेट विनियोजन गरेको हो। ठूला वडालाई वार्षिक तीन करोड, मझौलालाई दुई करोड र साना वडामा १ करोड ५० लाख छुट्टयाएको डंगोलले बताए। उनका अनुसार साबिकको रकम नै महानगरले दिनेछ। उक्त रकम महानगर भित्रका भौतिक पूर्वाधारको निर्माणको लागि खर्च गरिने भएको छ ।

त्यसैगरी, बैठकले स्मार्ट पार्किङको शुल्क पनि घटाएको छ। ३० मिनेटसम्मको १५ रुपैयाँ तिर्नुपर्ने भएको छ। पहिले ३० मिनेटसम्म पार्किङ् गरेको २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो। ३० मिनेट कटेपछि पुनः पार्किङको २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था महानगरले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.