|

बाँके : नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्। सरकारले साउन १ गतेदेखि लागू गर्न लागेको कर र भ्याट अव्यवहारिक भएको भन्दै उद्योगी, व्यसायीले साउन १ गतेदेखि नेपालगन्जका सम्पूर्ण उद्योग, कलकारखाना र पसल बन्द गर्ने घोषणा गरेका छन्।

व्यवसायीले विरोधस्वरूप असार ३१ गते हातमा कालो पट्टी बाँधेर आ–आफ्नो उद्योग, पसल र कारखानामा काम गर्ने र साउन १ गतेदेखि उद्योग, कलकारखाना र पसल बन्द गरि आन्दोलनमा उत्रिने नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए। संघले उठाएका मागमा सरकारले कुनै सुनुवाई नगरेपछि उद्योग, पसल बन्द गर्ने निर्णयमा पुगेको बताए।

उद्योगी व्यवसायीहरूले सरकारले ढुवानीमा लगाउन लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाउनुपर्ने माग गरेका छन् भने, खाद्यान्न वस्तुमा लगाइएको मूल्य अभिवृद्धि कर र अग्रिम आयकर पनि हटाउन माग गरेका छन्। बैंक व्याजदर ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म कायम गर्नुपर्ने लगायतका १० बुँदे माग व्यवसायीको छ। पत्रकार सम्मेलन गरि संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै निर्णय सच्चाउन माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.