|

भारतको आर्थिक राजधानी मुम्बईमा रहेकाे एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन्। मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएकाे हाे। भवनमा रहेका ३०-४० जना मानिस पुरिएका भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

डोंगरी क्षेत्रमा केसरबाई नामको भवन स्थानीय समयअनुसार मंगलबार बिहान ११ बजेर ४० मिनेट जाँदा ढलेको बिबिसीले जनाएको छ। भवनको भग्नावशेषबाट अहिलेसम्म दुईजनाको शव निकालिएको छ भने ५ जनालाई घाइते अवस्थामा बाहिर निकालीएको छ।

मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई उद्धृत गर्दै उक्त भवनमा बस्दै आएका १५ परिवार अहिले पनि पुरिएका र उनीहरूलाई निकाल्ने प्रयास भइरहेको नवभारत टाइम्सले लेखेको छ। भवन भत्किएपछि राष्ट्रिय विपद् राहत बल एनडीआरएफ, दमकल विभागको टोलीले राहत तथा उद्धार कार्य जारी राखेको बिबिसीले जनाएको छ।

उक्त भवन सय वर्ष पुरानो रहेको समाचारमा जनाइएको छ। स्थानीयले बताएअनुसार भवनको आधा भाग जीर्ण बनिसकेको थियो। दुई दिनअघि मात्रै हिमाञ्चल प्रदेशको सोलन जिल्लामा भारी वर्षाका कारण एउटा भवन भत्किँदा कयौंँ सैनिकको मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.