|

जनकपुरधाम : केही दिन यताको अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्री सम्मले एक महिनाको तलब दिने भएको छ। 

मन्त्री परिषदको मंगलबार बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो। यसका साथै मन्त्री परिषदले साउन १ गते देखी प्रदेशका सबै मन्त्री , राज्यमन्त्री र प्रदेशसभा सदस्यलाई आ आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह गरेको छ। 

बाढीले प्रभावित परिवारलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ। उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण समेत गर्ने छन्। 

प्रदेश सरकारले यस अघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छन्। प्रदेश सरकारले यस अघि नै बाढी बाट मृत्यु हुनेको परिवार लाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरि सकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.