|
file Photo

कञ्चनपुर  : मादक पदार्थ सेवन गरी सेवाग्राहीसँग विवाद गर्ने कञ्चनपुरको बेदकोट नगरपालिका-९ का वडासचिव सुन्दर बोहरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। कार्यालयबाटै सचिव बोहरालाई सेवाग्राहीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

सेवाग्राहीसँग मादक पदार्थ सेवन गरेर अनावश्यक विवाद गरेको खबर पाएपछि बोहरालाई पक्राउ गरिएको प्रहरी चौकी सुडाका प्रहरी सहायक निरीक्षक शेरबहादुर बुढाऐरले बताए।

'बोहराको महाकाली अञ्चल अस्पातलमा मादक पदार्थ सेवन गरे नगरेको बारे चेकजाँच गर्दा मादक पदार्थ सेवन गरेको प्रमाणित भएको खबर पाएका छौँ' वडा अध्यक्ष रामसिंह धामीले भने, ‘सेवाग्राहीसँग विवाद गरेपछि सचिव पक्राउ परेका हुन्।’

सचिव बोहरा सधैँ मदिरा सेवन गरी कार्यालयमा पुग्ने गरेको सेवाग्राहीको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.