|

बुटवलः खानेपानीको समस्यालाई लिएर बुटवल नगरपालिका ८ का स्थानीय आक्रोशित बनेका छन्। स्थानीयले धारामा खानेपानी नआएको भन्दै खानेपानी संस्थान बुटवल कार्यालयमा पुगेर कार्यालय प्रमुख बुद्धरत्न महर्जनको कार्यकक्ष घेराउ गरेका हुन्।

खानेपानीका कर्मचारीको मिलेमतोमा वडा ८ का लागि भनेर जडान गरिएको बोरिङको पानी अरु वडामा पठाएको भन्दै स्थानीय आक्रोशित बनेका हुन्। बुटवल वडानम्बर ८ सुख्खानगरमा लामो समयदेखि खानेपानीको समस्या छ।

सोही समस्या समाधान गर्न सडक डिभिजन कार्यालयमा जडान गरिएको बोरिङ एक महिना अगाडिदेखि सञ्चालनमा आए पनि सुख्खानगर क्षेत्रमा पानी वितरण नगरी अन्यत्र लैजान थालेपछि स्थानीय आन्दोालिन भएर कार्यालय प्रमुखसमक्ष पुगेका हुन। बुटवल ८ मा दुईहजार ५०० घरधुरी छन। 

स्थानीय खगराज शर्माले खानेपानी ४/५ दिनमा एक पटक मात्र आउने र त्यो पनि धमिलो पानी आउन थालेपछि बाध्य भएर कार्यालय प्रमुखसँग समाधानको पहल गर्न आएको बताए।

स्थानीय राधेश्यामराज राजभण्डारी पटक-पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर कार्यालय प्रमुखसँग आउनु परेको बताए। ‘हाम्रो वडाको पानी हामीलाई छैन। कहाँ गयो त्यो बोरिङको पानी कतै खानेपानीका हाकिम र अन्य कर्मचारीको मिलेमतोमा अन्यत्र ‘सप्लाई’ त भएको छैन भन्ने आशंका पनि देखियो’ स्थानीय राधेश्यामराज भण्डारीले भने। 

खानेपानी संस्थाका कार्यालयका प्रमुख बुद्धरत्न महर्जनले बुटवल बहुमुखी क्यापस वा रामनगरस्थित जनता माविमा बोरिङ जडान गरी सुख्खा नगरको खानेपानी समस्या समाधानका लागि संस्थान लागि परेको बताए। त्यसका लागि जनप्रतिनिधिसँग पनि निरन्तर छलफल र संवाद चलिरहेको बनी उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.